Home समाचार यसरी हुँदैछ काँग्रेसको काठमाडौँमा प्रदर्शन

यसरी हुँदैछ काँग्रेसको काठमाडौँमा प्रदर्शन

by ईलालटिन
0 comment
काठमाण्डौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध आज देशव्यापी प्रदर्शन गर्दैछ । त्यसै अन्तरगत राजधानी काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्थित शान्तिबाटिकामा वृहद कार्यक्रमको आयोजना गरिने छ । यस्तै प्रदर्शनमा काठमाडौंमा उपलब्ध केन्द्रीत नेताहरुको समेत सहभागिता रहने छ । काठमाडौं क्षेत्र नम्बर १ को भृकुटीमण्डपबाट जुलुस निकाल्ने छ भने क्षेत्र नम्बर २,३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्बर ५,६ र ७ लैनचौरबाट, क्षेत्र नम्बर ८ ले बसन्तपुर तथा ९ र १० ले सहिदगेटबाट जुलुस निकाल्नेछन् । जुलुस रत्नपार्कमा जम्मा भएर बागबजार, पुतलीसडक, कमलादी हुँदै पुनः रत्नपार्कको शान्तिबाटीकमा पुगेर सभामा परिणत हुनेछ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com