Home समाचार आज सोमबारे औँशी : मौन स्नान गरे मनोकाङ्क्षा पूरा हुने

आज सोमबारे औँशी : मौन स्नान गरे मनोकाङ्क्षा पूरा हुने

by ईलालटिन
0 comment

काठमाण्डौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ। यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन्।आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गर्छ। विसं २०७७ मा पनि गत साउन ५ गते सोमबारे औँशी परेको थियो। आगामी चैत ३० गते पनि सोमबारे औँशी रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख रहेको तोयनाथ पन्तको पञ्चाङ्ग (पात्रो) का सम्पादक सूर्यनाथ पन्तको भनाइ छ।

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको उनले बताए। औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ। सोमबार औँशी परेका दिन माता, पिता हुने-नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ। प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा रही आएको छ। माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, दानलगायत गरी मनाउँछन्। यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com