पर्वत। प्रधानमन्त्री खड्क प्रसाद ओली नेतृत्वको सरकारका बिरुद्धमा नेपाली काँग्रेसको पर्वतको आयोजनामा सोमबार कुश्मामा विरोध र्याली प्रदर्शन गरिएको छ ।
कुश्माबजारमा गाउँ गाउँबाट आएका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयबाट सरकार बिरोधी नारा लगाउँदै बजार परिक्रमा गरि शिवालयचोकमा कोणसभा गरिएको थियो ।
सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले राणा र राजा फालेका जनताले सर्वसत्ताबादी कम्यूनिष्ट सरकारलाई सडकबाटै थुतेर फाल्ने चेतावनी दिएका छन् ।
नेता जोशीले नेपाली काँग्रेसको इतिहास हेर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै अब ओलीको पतनका दिन सुरु भएको उद्घोष गरे । https://youtu.be/Z3ixJHuFDl4
