Home समाचार एउटै गाउँपालिकामा वर्ष दिनमा ८७ लाख रूपैयाँ बढी सामाजिक सुरक्षा भत्ताको दुरुपयोग

एउटै गाउँपालिकामा वर्ष दिनमा ८७ लाख रूपैयाँ बढी सामाजिक सुरक्षा भत्ताको दुरुपयोग

by ईलालटिन
0 comment

खोटाङ । खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा एकै आर्थिक वर्ष ८७ लाख रूपैयाँ बढी दुरुपयोग भएको पाइएको छ। मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिका नाममा जाली कागजात बनाएर सामाजिक सुरक्षा भत्ता वितरणमा दुरुपयोग भएको देखिएको हो।भत्तामा अनियमितता भएको विषय बाहिरिएपछि गाउँपालिका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा गठित छानविन समितिले आर्थिक वर्ष २०७६-०७७ भित्र ८७ लाख ४१ हजार ६०० रूपैयाँ रकम दुरुपयोग भएको प्रतिवेदन सार्वजनिक गरेको छ। सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा गत असोज  १४ गते गठित समितिले तयार पारेको प्रतिवेदन गाउँपालिका प्रमुख अर्जुनकुमार खड्कालाई बुझाएको छ।

छानविन समितिले आर्थिक वर्ष २०७६-०७७ मा वडा नं १ बाँझे च्यानडाँडामा २० लाख ३४ हजार ४००, वडा नं २ रतन्छामा १२ लाख २८ हजार, वडा नं ३ खिदिमामा ११ लाख ८७ हजार २००, वडा नं ४ मात्तिममा २२ लाख ८७ हजार २०० र वडा नं ५ मात्तिमबिर्तामा २० लाख ४८ हजार सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ। मृत्यु भइसकेका व्यक्ति, अन्यत्र बसाइँ सरिसकेका, नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तिको नाम राखेर, एकै जनाको एकभन्दा बढी नाम देखाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको छानविनका क्रममा फेला परेको छानविन समिति संयोजक खड्काले जानकारी दिइन्। सुरूमा वडा नं ४ मात्तिममा मृत्यु भइसकेका व्यक्तिका नाममा पनि सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको खबर बाहिरिएपछि उनको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com