Home समाचार राष्ट्रिय आविष्कार केन्द्रले बनायो भर्खरै जन्मेका शिशुलाई न्यानो बनाउने ‘बेबी वार्मर’

राष्ट्रिय आविष्कार केन्द्रले बनायो भर्खरै जन्मेका शिशुलाई न्यानो बनाउने ‘बेबी वार्मर’

by ईलालटिन
0 comment

काठमाण्डौँ । राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै भर्खरै जन्मेका शिशुहरुलाई न्यानो बनाउन प्रयोग गरिने ‘बेबी वार्मर’ निर्माण गरेको छ। इन्टरनेसनल इलेक्ट्रोनिकल कमिसनको कोड आइइसी ६०६०१–१–२–२१ अनुसारको गुणस्तरसँग मिल्ने गरी उक्त बेबी वार्मर निर्माण गरेको केन्द्रले जनाएको छ। केन्द्रले उक्त बेबी वार्मरलाई ‘न्यानो नानी’ को नामसमेत दिएको छ। केन्द्रले पहिलो चरणमा १२ वटा बेबी वार्मर बनाएको हो। उक्त १२ वटा बेबी वार्मर ज्योति विकास बैंकले छनोट गरेको स्वास्थ्य चौकीमा वितरण गर्ने केन्द्रका प्रमुख महाविर पुनले जानकारी दिए। बेबी वार्मर निर्माणका लागि बैंकले १० लाख रुपैयाँ सिआरएस अन्तर्गत दान गरेको केन्द्रका अध्यक्षसमेत रहेका पुनले जानकारी दिए।

केन्द्रका अनुसार भारतमा बनेको यो मेसिनको मूल्य ७० हजार र युरोपमा बनेको मेसिनको मूल्यक करिब डेढ लाख भन्दा बढी पर्छ। तर आफूहरुले निर्माण गर्दा सामानहरुको मात्र ४३ हजार लागेको र धेरै संख्यामा बनाउँदा अझै सस्तो पर्ने पुनले जानकारी दिए। बजारमा पाइने यस किसिमको सामानहरु हेरेर डिजाइन गर्न, बनाउन, परीक्षण गर्न र निर्माण गर्न केन्द्रका इन्जिनियरहरुलाई १८ महिना लागेकोसमेत पुनले जानकारी दिए। पुनका अनुसार यसलाई आविष्कार नभई इनोभेसन अर्थात् रिजर्भ इन्जिनियरिङ भनिन्छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com