Home TV हिजो गलत बाटो हिँडेका युवाको परदेश देखि घरदेस सम्मको कथा. . . मेरो पुस्ता (भिडियो)

हिजो गलत बाटो हिँडेका युवाको परदेश देखि घरदेस सम्मको कथा. . . मेरो पुस्ता (भिडियो)

by ईलालटिन
0 comment

नमस्कार, दर्शक महानुभावहरु हामी कार्यक्रम मेरो पुस्ताको पहिलो शृङ्खलामा छौँ । हामीले संघर्षशील युवाहरुको कथा बोल्छौ देखाउँछौ । उनीहरुका विगत या वर्तमानबाट तपाई हामीले केही सिक्न सक्यौँ भने पनि हामीले हाम्रा भविष्यलाई सहि घोरेटो दिन सक्ने छौँ । त्यही अनुरुप कार्यक्रम मेरो पुस्ताको पहिलो शृङ्खलामा हामीले पर्वत सदरमुकाम कुस्माका रेष्टुरेण्ट ब्यवसायि, समाजसेवी तथा युवा राजनीतिज्ञ नरेन्द्र केसीलाई निम्त्याएका छौँ ।

हामीले उनै केसीले विश्वको अग्लो स्वीङ र दोस्रो अग्लो बन्जी जम्प छेउमै सञ्चालनमा ल्याएको रेष्टुरेण्ट रक गार्डेनमा पुगेर उनको विगतका केही तिता अनुभव, वर्तमानमा भैरहेको संघर्षको दौड र भविष्यका सम्भावनाको बारेमा कुराकानी गरेका छौँ । केसी जब कामका लागि दुबई पुगे र केही समय बिताए अनि उनलाई लाग्न थाल्यो कतै मेरो केही गरौँ भन्ने उमेर अर्काको देशमा त फाल्नु पर्ने होइन ? केही समय यही कुराले पिरोलि रहयो उनलाई । तर अन्तिममा भने आफ्नै देश फर्कन्छु भन्ने कुराले जित्यो र झोला बोकेर स्वदेश फर्किए । अनि सुरु गरे विभिन्न सम्भावनाका खेतीहरु । https://youtu.be/TLUk5z3c_fc

 

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com