Home विश्व/प्रवास ९० वर्षकी महिलाले लगाइन् कोरोनाविरूद्धको पहिलो खोप

९० वर्षकी महिलाले लगाइन् कोरोनाविरूद्धको पहिलो खोप

by ईलालटिन
0 comment

लन्डन । ९० वर्षीया वृद्धाले कोरोना भाइरसविरूद्धको खोप लगाएकी छन्। औषधी निर्माता कम्पनी फाइजर/ बायोएनटेक कम्पनीले बनाएको कोरोनाविरूद्धको खोप लगाउने उनी पहिलो व्यक्ति बनेकी छिन्।बेलायत सरकारले कोरोनाविरूद्धको खोप वितरण गर्न अनुमति दिएपछि राष्ट्रिय स्वास्थ्य सेवा मंगलबार खोप वितरण गर्ने कार्यक्रम आयोजना गरेको द गार्डियनले जनाएको छ। मंगलबार बिहान पौन ६ बजेतिर मार्गरेट किनानले खोप लगाएर खोप लगाउने कार्यक्रमको उद्घाटन भएको थियो। बेलायतका ५० वटा अस्पतालमा खोप लगाउन दिइएको छ। त्यहाँ भर्ना भएका ८० वर्ष माथिका बिरामी र डिस्चार्ज हुन लागेका बिरामीहरूलाई सुरूमा खोप दिइनेछ।  किनानले कोभेन्ट्रीको युनिभर्सिटी हस्पिटलका नर्स मे पार्सन्सबाट खोप लिएकी हुन्।

किनान पहिले ज्वेलरी पसलमा काम गर्थिन् भने चार वर्षअघिमात्रै सन्यास लिएकी हुन्। उनी अर्को हप्ता ९१ वर्ष पुग्दैछिन्। उनकी एक छोरी, एक छोरा र चार नातिनातिना छन्। ‘कोरोना भाइरसविरूद्धको खोप लगाउने पहिलो व्यक्ति भएकोमा मलाई विशेष महशुस भएको छ, यो मैले चाहेको जन्मदिनको उत्तम गिफ्ट हो किनकी एक्लै बसेको करिब एक वर्षपछि म मेरो परिवार र साथीहरू नयाँ वर्षमा समय बिताउन सक्छु,’ उनले भनिन्।उनले आफ्नी नर्स मे पार्सन्स र एनएचएसका कर्मचारीहरूलाई पनि धन्यवाद दिइन्।’यस्तो ऐतिहासिक दिनमा सहभागी हुन पाएकोमा म खुसी छु। एनएचएसमा काम गर्नु केही महिना हाम्रा लागि कठिन भएको थियो तर अब टनेलको अन्त्यमा प्रकाश परेको जस्तो महसुस भएको छ,’ मेले भनिन्।

फिलिपिन्सकी मे २४ वर्ष देखि एनएचएसमा काम गर्दै आएकी छिन्। बेलायतका प्रधानमन्त्रीले पनि एनएचएस तथा वैज्ञानिकहरूलाई धन्यवाद दिएका छन्। खोप लिएकी किनान करिब एक वर्षदेखि सेल्फ आइसोलेसनमा छन्। उनी आउँदो क्रिसमसमा परिवारसँग बस्ने योजना बनाउँदै थिइन्।खोप लगाएपछि उनलाई ह्विल चियरमा राखेर आफ्नो वार्डमा फर्काइएको थियो।उनी पहिलो डोजको खोप पाउने चार लाखमध्ये एक हुन्। उनले अर्को डोज २१  दिन पछि पाउनेछिन्। खोप पाउने दोस्रो व्यक्ति ८१ वर्षीय बिलियन ‘विल’ सेक्सपियर हुन्। उनी कोभेन्ट्रीको अस्पतालमा भर्ना भएका छन्।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com