Home समाचार सिमकोट विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी

सिमकोट विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी

by ईलालटिन
0 comment

सुर्खेत । हुम्लाको सिमकोट विमानस्थलका कर्मचारी बस्ने घरमा आगलागी भएको छ। बिहीबार बिहान विमान स्थलका प्रमुख विष्णु अधिकारी बस्ने विमानस्थल क्षेत्र भित्रको एक घरमा आगलागी भएको हो। बिहान साढे ५ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भएको छैन। बाँकी क्षतिको बारेमा बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सूर्यप्रकाश सुवेदीले जानकारी दिए। ‘बिहान आगलागी भएको हो। प्रहरी टोली घटनास्थलमै छ,’ उनले भने, ‘क्षतिको बारेमा र कसरी आगलागी भएको भन्ने बुझ्ने काम भइरहेको छ।’सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com