Home समाचार नेपाली काँग्रेसका नेता सि.के बाट गुप्तेश्वर बेदबेदाङ्गलाई सहयोग

नेपाली काँग्रेसका नेता सि.के बाट गुप्तेश्वर बेदबेदाङ्गलाई सहयोग

by ईलालटिन
0 comment

पर्वत । जिल्लाको सदरमुकाममा रहेको गुप्तेश्वर बेदबेदाङ्ग पाठशालालाई जिपि कोईराला फाउन्डेसन पर्वतका अध्यक्ष एवं नेपाली काँग्रेसका नेता बसन्त बहादुर सि.केले आफ्नो स्वर्गीय छोरोको स्मृतिमा आज आर्थिक रकम सहयोग गरेका छन् ।

अध्यक्ष सि.केले हरेक बर्ष आफ्नो स्वर्गीय छोरा बिशालको सम्झनामा विभिन्न स्थानमा पुगेर सहयोग गर्दै आएका उनले यस वर्ष चाहिँ पाठशालालाई नगद दश हजार र लत्ताकपडाका साथमा रासन सहयोग बाँडेका हुन् ।

सनातन धर्मसंस्कृती नेपालीहरुको धरोहर रहनुका साथै यस धरोहरलाई बचाउँन यस्ता बेदबेदाङ्गहरुको महत्वपूर्ण भूमिका रहने भएकाले आफुले यहाँ आएर सहयोग गर्न पाउँदै धेरै खुसी भएको अध्यक्ष सि.केले बताए ।

बिश्वनै कोरोनाको महामारीले ठप्प भएको बेला समेत यो पाठशाला निरन्तर रूपमा सन्चालनमा आइरहेको छ । २०५५ सालमा स्थापना भएको पाठशालामा २० जना विद्यार्थीहरु अध्यनरत रहेको प्राचार्य पद्मराम पाद्यायले जानकारी गराए ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com