Home कला मंसिर २२ गते विवाह गर्दै श्वेता

मंसिर २२ गते विवाह गर्दै श्वेता

by ईलालटिन
0 comment

काठमाण्डौँ । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्। उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्। विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने छ।

यसअघि मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो जसलाई उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन्।’कहाँ भेटिएला’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २-७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com