Home राजनीति चितवन घटनाप्रति नारायणकाजीको वक्तव्यमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारको असन्तुष्टि

चितवन घटनाप्रति नारायणकाजीको वक्तव्यमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारको असन्तुष्टि

by ईलालटिन
0 comment

काठमाण्डौँ । नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई चितवनमा कार्यकर्ताबाट भएको दुर्व्यवहारबारे प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको वक्तव्यप्रति प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले असन्तुष्टि जनाएका छन्।

शनिबार राप्ति नगरपालिकामा नेकपाको कार्यक्रममा पाण्डे बोलिरहँदा कार्यकर्ताले ‘पार्टी एकता, जबज र प्रधानमन्त्री ओलीको समर्थनमा’ नारावाजी गरेका थिए।

उक्त घटना सुनियोजित भएको भन्दै नेकपा नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति र ट्वीटमार्फत् विरोध गर्दै घटनाको छानविन गर्न माग गरेका थिए।

प्रवक्ता श्रेष्ठले पाण्डेमाथि सुनियोजित दुर्व्यवहार भएको र उक्त घटना अति निन्दनीय र भर्त्सनायोग्य भनेका थिए।

प्रवक्ता श्रेष्ठको सोही वक्तव्यपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ट्वीटमा पार्टी एकताको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देखेको भन्दै असन्तुष्टि जनाएका हुन्।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com