पर्वत । पर्वतको कुस्मा नगरपालिका–५ का रत्नबहादुर श्रेष्ठ उमेरले ५८ वर्षका भए। बूढयौली लागेको उनको शरीरमा युवाकै जस्तो जोस र जाँगर छ। सदरमुकाम बसोबास गर्ने उनी बिहान सबेरै उठेर करिब आधा घण्टा तल मोदी खोलाको तिरमा रहेको फर्ममा जान्छन्। आधा घण्टाको उकालो चढ्दै खाना खान घरमा आइपुग्छन्, फेरि मोदीकै तिरमा पुगेर साँझमा मात्र फर्किन्छन्। मोदीको तिरमा रहेका हाँस र बाख्रा स्याहार्न पाउँदा उनलाई खुसी लाग्छ। यही कारण बुढेसकालमै भए पनि लेक बेसी गर्छन्। आफ्नो फर्ममा रहेका हाँस र बाख्रा उनका रत्न नै हुन्। ‘मलाई जीविका चलाउन सजिलो बनाएकै यिनै हाँस र बाख्राको व्यापारले हो। मलाई यिनै रत्न लाग्छन्। बुढेसकाल लागे पनि हिँड्ने जोस घटेको छैन।’ उनी भन्छन्, ‘दिनभर बाख्राका पाठासँग खेल्दा, पोखरीमा हाँस पौडिएको हेर्दा आनन्द लाग्छ। म यसैमा सन्तुष्ट छु।’ (भिडियो)
179
previous post