Home बुलेट न्युज राजा वीरेन्द्रको निवास ‘श्री सदन’ आजदेखि अवलोकनका लागि खुला

राजा वीरेन्द्रको निवास ‘श्री सदन’ आजदेखि अवलोकनका लागि खुला

by ईलालटिन
0 comment

काठमाडौं । तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहको निजी आवासगृह श्री सदन आजदेखि सर्वसाधरणका लागि खुला गरिएको छ। नारायणहिटी दरबार सङग्राहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो।

सङग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधरणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो। दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा राजा वीरेन्द्र रानी ऐश्वर्य र छोरा निराजन बस्दै आएका थिए। राजा वीरेन्द्रको परिवारको वंशनासपछि उक्त सदन बन्द रहेको थियो।

विक्रम संम्मत २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटनाका रुपमा रहेको छ।

श्रीसदन प्रदर्शनीकक्षको हिजो  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले स्थलगन अनुगमन गरी सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको घोषणा गरेका थिए।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com