Home कला युटुबमा आयो ‘प्रसाद’, विपिनको प्रशंसा

युटुबमा आयो ‘प्रसाद’, विपिनको प्रशंसा

by ईलालटिन
0 comment

समिक्षागत रुपमा सफल मानिएको चलचित्र ‘प्रसाद’ युटुबमा रिलिज गरिएको छ । सार्वजनिक भएको २१ घन्टामा ५ लाख ६५ हजार भन्दा बढी पटक हेरिएको यो चलचित्र नेपालको युटुब ट्रेन्डिङको ५ नम्बरमा छ । एक साता अगाडि मात्र युटुबमा चलचित्र ‘ए मेरो हजुर ३’ हेरेका दर्शकले अर्को एक सफल चलचित्र हेर्न पाएका छन् ।

चलचित्र हेर्ने अधिकांश दर्शकले नायक विपिन कार्कीको अभिनयको खुलेरै प्रशंसा गरेका छन् । साथै, चलचित्रले उठान गरेको बिषयवस्तुमा पनि दर्शकले खुलेरै तारिफ गरेका छन् । निःसन्तान दम्पत्ती र उनीहरुको जीवनमा आइपर्ने एक कठोर मोडको कथामा यो चलचित्र बनेको छ ।

चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रलाई सुशिल पौडेलले लेखेका हुन् । चलचित्रमा सुभाष थापाको लगानी छ ।

यो चलचित्रको प्रिक्वेल बनाउने तयारीमा यसको निर्माणपक्ष लागिसकेको छ । प्रिक्वेलमा पनि विपिन, नम्रता र निश्चलकै मुख्य भूमिका रहने पक्का भएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com