Home कला बलिउडमा रमिते बन्यो अक्षयको फिल्म ‘लक्ष्मी’

बलिउडमा रमिते बन्यो अक्षयको फिल्म ‘लक्ष्मी’

by ईलालटिन
0 comment

एजेन्सी– बलिउड सुपस्टार अक्षय कुमारको फिल्म ‘लक्ष्मी’ रमिते बनेकाे  छ।  फिल्म ‘लक्ष्मी’ सोमबार डिज्नी प्लस हटस्टारमा रिलिज भयो। अक्षय कुमार र कियारी अडवानिको मुख्य अभिनय रहेको फिल्मलाई लिएर रिलिजअघि थुप्रै अनुमानहरु भएका थिए।
तर रिलिज भएसँगै फिल्म दर्शकहरुको अपेक्षाअनुसार बन्न नसकेको टिप्पणी भएको छ। प्रतिक्षित फिल्मको कथा दर्शकले खासै रुचाएनन्।

फिल्मलाई लिएर अहिले ट्विटरमा रमाइला मिम्स सेयर गर्दै दर्शकले फिल्मको मजाकमा उडाइरहेका छन्। कतिपयले फिल्म २०२० को सबैभन्दा नराम्रो फिल्म भन्दै प्रतिक्रिया दिएका छन् भने कतिले समयको बर्बादी भन्दै टिप्पणी गरेका छन्।

रिजिलअघि नै विवादमा परेको यस फिल्मको नाम पहिले ‘लक्ष्मी बम’ थियो। तर एक समुदायले लक्ष्मीको अघि बम लगाएको भन्दै आपत्ति जनाएपछि बम हटाउने निर्णय गरिएको थियो। 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com