87
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर धुम्बाराही पुगेका छन् । धुम्बाराहीमा बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक बस्दैछ । दुईजना अध्यक्षबीच के कुराकानी भयो भनेर खुल्न नसकेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका छन् ।
धुम्बाराही बैठकमा प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । बाह्रखरी ।