Home राजनीति प्रचण्ड–नेपाल समूह फुटाउने प्रधानमन्त्री ओलीको प्रयत्न, चार नेतालाई बोलाए बालुवाटार

प्रचण्ड–नेपाल समूह फुटाउने प्रधानमन्त्री ओलीको प्रयत्न, चार नेतालाई बोलाए बालुवाटार

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ छोडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूलाई फकाउने प्रयत्न गरिरहेका छन्।

सकेसम्म नेपाल पक्षलाई आफूतिर तानेर अध्यक्ष प्रचण्डलाई ‘ठेगान लगाउने’ ओलीको मिसन गतसातादेखि नै जारी छ। तर, नेपाल पक्षले फेरि पनि ओलीबाट ‘धोका हुने’ विश्लेषण गरेर प्रचण्डसँग नै हरेक विषयमा कार्यगत एकता जारी राखेको छ।

ओलीले छलफलका लागि नेपालसहित, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बालुवाटार बोलाएका छन्। ओलीले कात्तिक ४ र ११  गते नेताहरूलाई बालुवाटार बोलाएर निकास निकाल्ने प्रयास गरेका थिए।

यसअघि, कात्तिक १६ गते ओली समहूले पूर्वएमालेहरूलाई एकजुट गराउने नेता प्रदीप नेपालसँग छलफल गरेको थियो। प्रधानमन्त्री ओलीकै निर्देशनमा पूर्वएमालेलाई एकजुट गराउने पहल शुरु भइरहेको छ।

अगुवा नेता प्रदीप नेपाललाई भेट्न पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका सल्लाहकारत्रय विष्णु रिमाल, राजन भट्टराई र सूर्य थापा गएका थिए।

गोठाटारस्थित नेपाल निवासमा पुगेका ओली निकट नेताहरूले प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी बनाइदिन अनुरोध गरेका थिए।

संसदीय दल, सचिवालय, स्थायी कमिटीदेखि केन्द्रीय कमिटीसम्म अल्पमतमा रहेका ओलीलाई अध्यक्ष प्रचण्डले साथ दिइरहेका छन्।

यद्यपि, कर्णाली प्रदेशमा वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डको समीकरण बनेपछि ओली झस्किएका छन्। त्यसैले ओली वरिष्ठ नेता नेपालबाट सहयोग खोज्न थालेका हुन्।

वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले पनि ओलीलाई साथ नदिएपछि ओली एक्लिएका छन्।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com