Home पत्रपत्रिका ओलीलाई भेट्नुअघि प्रचण्डसहितका नेताहरु छलफलमा

ओलीलाई भेट्नुअघि प्रचण्डसहितका नेताहरु छलफलमा

by ईलालटिन
0 comment

२२ कात्तिक, काठमाडौं । प्रचण्ड र माधव नेपाल पक्षका सचिवालय सदस्यहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दै छन् । ओलीसँग भेट्नुअघि उनीहरु धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अनौपचारिक छलफलमा छन् ।

धुम्बाराहीको छलफल सकिएपछि ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर ओलीसँग छलफल गर्ने एक नेताले बताए ।

शुक्रबार पनि धुम्बाराहीमै बसेका सचिवालयका पाँच सदस्यहरुले पार्टी अध्यक्षसमेत  ओलीलाई भेटेर सचिवालय बैठक बोलाउन आग्रह गर्ने निष्कर्ष निकालेका थिए ।

सचिवालयका नौमध्ये पाँच नेता (प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) सहभागी शुक्रबारको अनौपचारिक बैठकले ओलीलाई भेटेर सचिवालयको औपचारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निष्कर्ष निकालेको थियो ।

कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको शुक्रबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी भएका थिएनन् । onlinekhabar.com

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com