Home विशेष पर्वतको पैयुँमा ५ बेडको कोभिड अस्पताल संचालनमा

पर्वतको पैयुँमा ५ बेडको कोभिड अस्पताल संचालनमा

by ईलालटिन
0 comment

पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले पाँच शैयाको कोरोना अस्थाई अस्पताल निर्माण सम्पन्न गरेको छ । पैयुँ गाउँपालिकाको केन्द्र हुवासमा कोभिड अस्थाई अस्पताल निर्माण गरिएको हो । गाउँपालिकाले आफ्ना गाउँपालिकाका कोरोना संक्रमितको उपचारका लागि अस्पताल निर्माण गरिएको जनाएको छ । अस्पतालमा आवश्यक दुई जना नर्श भर्ना गरिसकिएको र कार्तिक २४ गते डाक्टरको अन्तरवार्ता गरेर डाक्टर समेतको भर्ना गर्ने तयारी रहेको पैयुँ गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले दुई जना नर्स र एक जना डाक्टर अस्थाई कोरोना अस्पतालमा करारमा भर्ना गरि सेवा सञ्चालन गरिने बताउनुभयो । हुवास स्वास्थ्यचौकी नजिकै रहेको सामूदायिक भवनमा अस्थाई कोरोना अस्पताल बनाईएको हो । यस्तै हुवास स्थित जेष्ठ नागरिक भवनमा १० जना व्याक्ति अट्ने क्वारेण्टाईन समेत बनाईएको पौडेलले जानकारी दिनुभयो ।

कोरोना संक्रमितलाई यसअघि कुश्माको आईसोलेसनमा पठाउनुपर्ने अवस्था थियो । गाउँमै आईसोलेसन र क्वारेण्टाईन बनेपछि गाउँपालिका बासीलाई सहज भएको पैयुँका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताउनुभयो । तिवारीले गाउँमा कोरोना संक्रमण बढ्न नदिन सचेतना र सजगताका विभिन्न अभियान सञ्चालन गरिएको पनि बताउनुभएको छ । कोरोना संग डराएर नभई सजग भई लडेर जित्ने प्रयत्नमा लागेको तिवारीले जानकारी दिनुभयो ।

तिवारीले कोरोना संक्रमणको बाबजुत विकास निर्माणका कामहरु पनि धमाधम शुरु गरिएको पनि बताउनुभयो । नेपाल सरकारले हरेक स्थानीय तहमा कोरोना अस्पताल बनाउन बजेट समेत दिएको छ । पर्वतका अन्य स्थानीय तहले पनि अस्पताल निर्माणको प्रक्रिया शुरु गरिसकेका छन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com