Home विश्व/प्रवास चुनाव जित्नुअघि नै बाइडेनले सुरु गरे ट्रान्जेसन वेबसाइट

चुनाव जित्नुअघि नै बाइडेनले सुरु गरे ट्रान्जेसन वेबसाइट

by ईलालटिन
0 comment

काठमाण्डौँ । राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आउनुअघि नै जो बाइडेनले आफ्नो ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् । बीबीसीका अनुसार बाइडेनले ‘बिल्ड ब्याक बेटर’ नामबाट ट्रान्जिसन वेबसाइट सुरु गरेका हुन् । यसमा लेखिएको छ, ‘देश जुन खालको संकटमा चलिरहेको छ, त्यसमा महामारीदेखि आर्थिक मन्दी, जलवायू परिवर्तन, नस्लीय अन्यायजस्ता गम्भीर मुद्दा छन् । ट्रान्जिसन टिमले तीव्र गतिमा तयारी गर्नेछ, जसबाट बाइडेन–ह्यारिस प्रशासनले पहिलो दिनदेखि नै काम गर्न सकोस् ।’

अमेरिकी राष्ट्रपति निर्वाचनको विजेताले २० जनवरीमा ह्वाइट हाउस छिरेर पदभार ग्रहण गर्नुअघि आफ्नै ट्रान्जिसन टिम गठन गर्छन् ।अहिलेसम्म जीत कसको हुन्छ यसै भन्ने अवस्था छैन । दुवै उम्मेदवारले जित्ने दाबी गर्दै गरिरहेका छन् । बाइडेनले आफू राष्ट्रपति बनेको दिन नै पेरिस जलवायू सम्झौतामा अमेरिकालाई पुनः सामेल गराउने बताउँदै आएका छन् । बुधबार मात्रै अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट औपचारिक रूपमा बाहिरिएको छ । उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ देखि सुरु गरेको थियो । विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्नेसम्बन्धी सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरूसँग सम्झौता गरेको थियो ।शिलालेख ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com