Home राजनीति विवाद हल गर्न आज बैठक बस्दै कांग्रेस शीर्ष नेता

विवाद हल गर्न आज बैठक बस्दै कांग्रेस शीर्ष नेता

by ईलालटिन
0 comment

काठमाण्डौँ। पार्टीभित्र देखिएको विवाद हल गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरू आज बैठक बस्दैछन्। पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले राखेका १६ बुँदे विरोध पत्रबारे छलफल हुनेछ।कांग्रेसले १४ औं महाधिवेशन र पार्टीभित्रका असहमतिबारे छलफल गर्न शुक्रबार केन्द्रीय समिति बैठक डाकेको छ।

उक्त बैठकअघि नै शीर्ष नेताबीच सहमति जुटाउन सभापति शेरबहादुर देउवाले शीर्ष नेताको अनौपचारिक बैठक राखेका हुन्। क्रियाशील सदस्यता, महाधिवेशन सुनिश्चितता, समायोजन र विभाग गठनलगायतमा पौडेल पक्षले प्रश्न उठाउँदै आएको छ। एकलौटी ढंगले महाधिवेशन नजिकिएका बेला सभापति देउवाले गठन गरेका विभाग खारेज गर्न उनीहरूले माग गरेका छन्।तर देउवा पक्षले त्यो माग स्वीकार गरेको छैन। विभाग गठन केही ढिला भए पनि विधानविपरीत नभएको देउवा पक्षको अडान छ।

कांग्रेसमा प्रवेश गरेका विभिन्न पार्टी र नेतालाई देउवाले तोकआदेशका भरमा क्रियाशील सदस्यता दिएको भन्दै पौडेल पक्षले त्यो पनि सच्याउनु पर्ने माग गरेका छन्।पार्टी प्रवेश गरेका अरू पार्टीबाट आएका केन्द्रीय नेतालाई केन्द्रबाटै क्रियाशील सदस्यता दिए पनि ती पार्टीका कार्यकर्तालाई भने कांग्रेसको स्थानीयस्तरकै पार्टी संरचनाले क्रियाशील सदस्यता दिनुपर्ने पक्षमा पौडेल छन्।कात्तिक १७ गते विवाद मिलाउन बसेको शीर्ष नेता बैठक निष्कर्षविहीन सकिएको थियो। सांसद सूर्यबहादुर केसीको निधनपछि रोकिएको शीर्ष नेता बैठक आज फेरि बस्न लागेको कांग्रेसले जनाएको छ। सहमहामन्त्री प्रकाशशरण महतका अनुसार पार्टीभित्र देखिएका विवाद छलफलबाटै टुंगो लगाइन्छ। उनले धेरै विवाद नरहेको पनि दाबी गरेका छन्। शिलापत्र ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com