Home विश्व/प्रवास अफगानिस्तानमा भएको विस्फोटमा ६ सर्वसाधारणको मृत्यु, १४ घाइते

अफगानिस्तानमा भएको विस्फोटमा ६ सर्वसाधारणको मृत्यु, १४ घाइते

by ईलालटिन
0 comment

कुन्दुज । अफगानिस्तानको कुन्दुजमा भएको एक विस्फोटमा परी ६ जना सर्वसाधारणको ज्यान गएको छ। सो विस्फोटमा परेर अरु कम्तीमा पनि १४ जना नराम्ररी घाइते भएका बताइएको छ। बुधबार दिउँसो भएको विस्फोटको स्थानीय अधिकारी कुदरतुल्लाह साफीले पुष्टि गर्नुभएको छ।कुन्दुजको खनावाद जिल्लामा भएको सो विस्फोट बुधबार दिउँसो १ बजे भएको थियो।

सर्वसाधारण नागरिक बजारमा किनमेलका लागि गएको समयमा सो विस्फोट गराइएको थियो।यो विस्फोट अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका तालिबानहरूले गराएको बताइएको छ। तर यस विषयमा उनीहरूले भने केही भनेका छैनन्।पछिल्लो समयमा तालिबानीहरूले अमेरिकाको समन्वयमा अफगानिस्तानको सरकारसँग शान्ति वार्ता गर्ने सहमति गरेर वार्ता पनि सुरू गरेका थिए। उता कतारको राजधानी दोहामा सो वार्ता जारी नै रहेका बेला यता तालिबानीहरूले आक्रमण भने जारी नै राखेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com