Home समाचार प्रहरीले नै सक्कली हजारको नोट चिन्न नसकेपछि…

प्रहरीले नै सक्कली हजारको नोट चिन्न नसकेपछि…

by ईलालटिन
0 comment

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका- ९ चिउरी खान (चौड) बजारमा दुई जना अपरिचित व्यक्तिले एक पसलमा ६ सय ५५ रुपैयाँको चाउचाउ, चिनीलगायत सामान किनेर एक हजारको नयाँ नोट दिए । त्यसमा दुई वटा हात्तीको चित्र देखिएकाले पसलले नक्कली नोटको आशंकामा प्रहरी बोलाए । प्रहरीले खाद्यान्न किन्ने दुवै जनालाई पक्राउ गरेर लग्यो । पक्राउ गरेलगत्तै प्रहरीले नक्कली नोटसहित दुई जना पक्राउ भन्दै मुचुल्का गर्‍यो । त्यसपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढायो । जब प्रहरीले अनुसन्धानका क्रममा राष्ट्रिय वाणिज्य बैंकलाई जानकारी गरायो । त्यसपछि भने प्रहरी पछुतायो ।

नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट ७ साउन २०७७ देखि बजारमा प्रचलनमा ल्याएको थियो । नयाँ विशेषतासहितको नयाँ नोट बजारमा पठाइए पनि बझाङमा भने नयाँ नोट खासै प्रचलनमा आएको छैन ।बजारमा आएका नयाँ नोटहरूमा सुरक्षा विशेषता अन्य यथावत रहे पनि हात्तीको संख्या भने थपिएको छ । पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ती हुने गरेकोमा अहिलेको नयाँ नोटमा जुम्ल्याहा हात्ती रहेका छन् ।

तत्कालीन गभर्नर डा. चिरञ्जीवि नेपालकै पालामा यो नोट छपाइको कार्य भएकाले नयाँ नोटमा पनि नेपालकै हस्ताक्षर छ । राष्ट्र बैंकका अनुसार हात्तीको चित्र भने वन तथा वातावरण मन्त्रालय मातहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपलब्ध गराएको हो ।देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्तीको नाम ‘राम’ र ‘लक्ष्मण’ हो । उनीहरू अहिले पनि चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा जान प्रयोग गरिन्छन् ।प्रायः हात्तीबाट जुम्ल्याहा बच्चा जन्मिनु दुर्लभ मानिन्छ । तिनै दुर्लभ हात्तीको फोटो हजारका नोटमा राखिएका छन् । शिलालेख ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com