Home विश्व/प्रवास अमेरिकाले पहिलो पटक चुन्यो तेस्रोलिङ्गी सांसद

अमेरिकाले पहिलो पटक चुन्यो तेस्रोलिङ्गी सांसद

by ईलालटिन
0 comment

काठमाण्डौँ । अमेरिकामा पहिलो पटक कुनै तेस्रोलिङ्गी सांसद निर्वाचित भएकी छिन् ।बीबीसीको सहयोगी समाचार संस्था सीबीएस र एपीका अनुसार डेलावेयरमा एक तेस्रोलिङ्गी प्रत्यासीलाई सांसदको रुपमा चुनिएको हो ।सारा म्याकब्राइड अमेरिकामा सबैभन्दा उच्च श्रेणीमा छानिएकी पहिलो तेस्रोलिङ्गी हुन् ।अमेरिकामा राष्ट्रपति चुनावसहित संसदको माथिल्लो सदन सिनेटको एक तिहाई सिटका लागि पनि चुनाव भइरहेको छ ।

म्याकब्राइड ओबामा प्रशासनमा एक इन्टर्नको रुपमा काम गथिएन् र उनी डेलावेयरको फर्स्ट डिस्ट्रिक्टको नेतृत्व गर्छिन् जुन एक डेमोक्रेटिक क्षेत्र हो ।उनी एलजीबीटी अधिकारको खुल्ला रुपमा समर्थन गर्छिन् । उनी मानव अधिकार अभियान संगठनकी राष्ट्रिय प्रेस सचिव पनि हुन् ।एलजीबीटीक्यू भिक्ट्री फन्डका अनुसार खुल्ला रुपमा आफ्नो पहिचान व्यक्त गर्ने चार तेस्रोलिङ्गी यतिबेला प्रदेशको सदनमा छन् ।फन्डकी अध्यक्ष एनाइस पार्कर भन्छिन्, ‘म्याकब्राइडको जीतलेअनगिन्ती तेस्रोलिङ्गीहरुको सुनौलो भविष्यका लागि एउटा आशा जगाएको छ ।’ सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com