Home राजनीति संक्रमणमुक्त बनेका कटारीका मेयर हेलिकप्टर चढेर फर्किए गाउँ

संक्रमणमुक्त बनेका कटारीका मेयर हेलिकप्टर चढेर फर्किए गाउँ

by ईलालटिन
0 comment

काठमाण्डौँ । उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ कोरोनामुक्त भएपछि हेलिकप्टर चढेर काठमाडौंबाट गृह नगर फर्किएका छन्। उनले आफू सोमबार बिहान ९ बजे कैलाश एयरको हेलिकप्टरबाट गृह नगर फर्किएको जानकारी दिए। हेलिकप्टरको भाडा भने ठेकेदारहरूले तिरिदिएको मेयर श्रेष्ठले बताए। उनले सेतोपाटीसँग भने, ‘हेलिकप्टरको भाडा एक लाख ७० हजार रै’छ। त्यो खर्च नगरपालिका र मैले पनि व्यहोर्ने हैन। केही निर्माण व्यवसायी साथीहरूले सहयोग गर्नुभएको हो।’

उनले आफूसहित छोरी, इलाका प्रशासन कार्यालय प्रमुख, एक जना ठेकेदार र आफ्नो चालक पनि हेलिकप्टरमा जिल्ला फर्किएको बताए। उनका अनुसार हेलिकप्टरमा फर्किएका सबैमा संक्रमण पुष्टि भएको थियो। उनले आफू हेलिकप्टरबाट गृह नगर फर्किए पनि राज्य सम्पत्ति दुरूपयोग नगरेको बताए। व्यक्तिगत र हिसाबले नै आफ्नो हेलिकप्टर चढ्ने हैसियत रहेको उल्लेख गर्दै उनले भने, ‘मलाई हेलिकप्टर चढ्न कसैले रोक्न सक्दैन तर यहाँका भाइहरूले हेलिकप्टर चार्टर्ड गरिदिन्छु भनेपछि नकार्न सकिनँ।’

मेयर श्रेष्ठलाई गत कात्तिक २ गते संक्रमण पुष्टि भएको थियो।संक्रमण पुष्टि भएलगत्तै उनी सोही दिन काठमाडौं आएका थिए। उनले भने, ‘पोजेटिभ देखिएपछि भेन्टिलेटरको आवश्यकता पर्छ कि भनेर सुविधायुक्त ठाउँ भनेर काठमाडौं आएको थिएँ तर मलाई अस्पताल भर्ना भने हुनु परेन।’मेयर श्रेष्ठले त्यो बेला भने नगरपालिकाकै गाडीमा काठमाडौं आएको बताए। गाडी भने उनलाई काठमाडौं छोडेर जिल्ला फर्किएको थियो।

‘प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्नुपर्छ भनेर गाडीलाई त्यो बेला नै फर्काइदियौं,’ मेयर श्रेष्ठले भने। उनले उपचारका लागि काठमाडौं आएको भए पनि आफू भक्तपुरस्थित राधेराधेमा रहेको आफ्नै घरमा आइसोलेट भएर बसेको जनाए। उनले सेतोपाटीसँग भने, ‘मलाई अस्पताल जान परेन। आफ्नै घरमा आइसोलेट भएर बसें।’उनले आफू गत आइतबार संक्रमणमुक्त भएको बताए। संक्रमणमुक्त भए पनि उनी भक्तपुरस्थित घरमै बसिरहेका थिए। संक्रमणमुक्त भएपछि मंगलबारबाट भने मेयर श्रेष्ठ नियमित काममा फर्किएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com