पर्वत । पर्वतमा कोरोनाको जोखिम बढेसँगै जलजला गाउँपालिकाले समेत लक डाउनको घोषणा गरेको छ । स्थानीय समुदायका कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुबाट संक्रमण थप फैलनसक्ने भन्दै गाउँपालिकाको संकट ब्यवस्थापन केन्द्रले ७ दिनका लागि लक डाउनको घोषणा गरेको हो ।
गाउँपालिले जारी गरेको सूचनामा आगामी कार्तिक १९ गते देखि कार्तिक २५ गतेसम्म वैंकिङ कारोबार तथा बजार बन्द गर्ने निर्णय गरिएको छ ।
लक डाउन अन्तर्गत गाउँपालिकाको कार्यालय तथा जलजला गाउँपालिकाका सबै वडा कार्यालयहरुको अत्यावश्यक सेवा बाहेकको सेवा, गाउँपालिका स्थित बैंक, वित्तीय संस्था एबम सहकारि बाट प्रदान गरिने सेवाहरु र अत्यावश्यक सेवा र वस्तु बाहेकका पसलहरु पूर्ण रुपमा बन्द गरिने बताइएको छ ।
दैनिक उपभोग्य वस्तु विक्री हुने पसलहरु भने विहान ७ बजे देखि १० बजे र बेलुका ४ बजेदेखि ६ बजेसम्म खुल्ला रहने गाउँपालिकाले जनाएको छ ।