Home बुलेट न्युज पानी खान भन्दै घरभित्र छिरे, नगद र गरगहना लुटेर भागे

पानी खान भन्दै घरभित्र छिरे, नगद र गरगहना लुटेर भागे

by ईलालटिन
0 comment

काठमाण्डौँ । पाल्पामा तीन जना अपरिचित व्यक्तिले एक महिलामाथि कुटपिटपछि लुटपाट गरेर फरार भएका छन्। सोमबार मध्यराति रामपुर नगरपालिका ८ ढकालचौपारीका ६९ वर्षीया मोहन कुमारी श्रेष्ठको घरमा लुटपाट भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार घरमा मध्यराति तीन जना अपरिचित व्यक्ति आएका थिए।

‘पानी खान भन्दै घरभित्र छिरेका तीन जना अपरिचित व्यक्तिले लुटपाट गरेर भागेका छन्,’ प्रहरी नायब उपरीक्षक मदन गिरीले भने।
प्रहरीका अनुसार श्रेष्ठको घरबाट तीन लाख रूपैँया र करिब ९ लाख ५ हजार बराबरको सुनका गरगहना लुटेर उनीहरु भागेका हुन्। उनीहरूले ती महिलामाथि कुटपिट समेत गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। ती महिलाको अवस्था सामान्य छ। ‘हामीलाई खबर आउँदा ढिलो भयो, अनुसन्धान अघि बढाएका छौं,’ गिरीले भने। अहिले घटनास्थलमा इन्स्पेक्टरसहितको टोली पुगेको छ। टोलीले अनुसन्धान गरेपछि मात्रै पुर्ण विवरण दिन सक्ने उनले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com