85
काठमाण्डौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्।भारतीय सेनाको विशेष विमानबाट उनी यहाँ आइपुगेका हुन्।तर त्रिभुवन विमानस्थलमा भने फोटो खिच्नको लागि पत्रकारलाई रोक लगाइएको छ।नरवणे कालापानी-लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। त्यही भएर विरोध हुन सक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
उनी कात्तिक २१ गतेसम्म नेपाल रहनेछन्।उनले नेपाल भ्रमणका क्रममा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ।