Home पत्रपत्रिका पिसिआर परीक्षणमा सरकारको ३ अर्ब बढी खर्च

पिसिआर परीक्षणमा सरकारको ३ अर्ब बढी खर्च

by ईलालटिन
0 comment

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड-१९)को पिसिआर परीक्षणको लागि ३ अर्ब बढी खर्च गरेको जनाएको छ ।

शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पिसिआर परीक्षणको लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको बताएका हुन् । उनका अनुसार एक संक्रमित भेटाउन सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गर्ने गर्दछ ।

हालसम्म नेपालमा ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण भएको छ । एकजनाको पिसिआर परीक्षणका लागि सरकारले ५ हजार ५ सय रुपैयाँ रकम खर्च गर्दछ । आजमात्र १३ हजार ५७९ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ। २५० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ । जसमा पुरुष १०५ जना र महिला ३२ जना रहेका छन् ।

-जनतापाटी डटकमबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com