Home विशेष तनहुँमा कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु

तनहुँमा कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु

by ईलालटिन
0 comment

तनहुँ । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन्।

९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

९८ वर्षीय बाबु बिरामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। अवस्था सुधार नभएपछि उनलाई काठमाडौं लगियो। उपचारका क्रममा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो। बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो।

योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। यस अगाडि ब्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो। रासस

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com