Home पत्रपत्रिका बागलुङमा ५१ जना संक्रमित थपिए

बागलुङमा ५१ जना संक्रमित थपिए

by ईलालटिन
0 comment

दिल शिरिष
बागलुङ । जिल्लामा बिहीबार बिहानै हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए। योसँगै बागलुङमा संक्रमित संख्या ५ सय ८५ पुगेको छ।

संक्रमण पुष्टि हुनेमा १४ जना नेपाल प्रहरी, २० जना नेपाली सेना छन्। यसका साथै काठेखोला गाउँपालिका वडा नम्बर ६ का २ जना, तमानखोला गाउँपालिकाका ६ जना, बागलुङ नगरपालिका ४ का एक जना पुरुष बाहेक अरु सबै कन्ट्याक्ट ट्रेसिङका हुन्।

कोरोना संक्रमणका कारण चैत्र दोस्रो साता नै सुरुवाती भयावह बेहोरेको बागलुङमा केही साता अघिसम्म नियन्त्रण उन्मुख देखिए पनि अघिल्लो सातादेखि पुनः कोरोना संक्रमण दर बढेको छ। जसका कारण जिल्लामा संक्रमणको जोखिम थप बढेको छ।

हालसम्म संक्रमित भएका मध्ये ३ सय ८८ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ। बुधबार मात्र एक ७७ वर्षीय किराना व्यापारी पुरुषको कोरोना संक्रमणका कारण पोखराको चरक अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो। अन्नपूर्ण पोष्ट

 

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com