Home बुलेट न्युज बागलुङ नगरपालिकामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द

बागलुङ नगरपालिकामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द

by ईलालटिन
0 comments

बागलुङ ।  समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बागलुङ नगरपालिकामा अत्यावश्यक काम बाहेकका सेवा बन्द गरिएको छ । बजार क्षेत्रमा संक्रमिको पहिचान भएपछि सावधानीका लागि भन्दै नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो । नगर क्षेत्रका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, तथा व्यवसायिलाई कोरोना पुष्टि भएको कारण देखाउँदै नगरपालिकाले सोमबारदेखि लागु हुने गरी अनिश्चित कालिन सेवा प्रवाह बन्छ गरेको छ ।

बागलुङ नगरपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकोले फैलिँदो कोरोना जोखिमलाई ध्यानमा राखी कार्यालयबाट हुने सेवा प्रवाह सेवा स्थगित गरेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताउनुभयो ।

घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क सेनिटाईजरको प्रयोग गरी भौतिक दुरीको मापदण्ड गर्न नगरपालिकाले अनुरोध गर्नुका साथै नगरका १४ वटै वडा कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह नहुने जानकारी गराईएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले ‘नगर क्षेत्रमा संक्रमण फैलिँदै गएको बताउनुभयो । चाडपर्व नजिकिएसंगै भिडभाड बढेको र सावधानी अपनाउन सकिएन भने अवस्था नियन्त्रण बाहिर जान सक्ने भन्दै स्वास्थ्यकर्मीको परामर्श अनुसार सेवा प्रवाह रोकिएको खनालले बताउनुभयो ।

यस्तैगरि बागलुङ उद्योग वाणिज्य संघले उद्योग कलकारखाना, होटल रेष्टुरेन्ट, पसलहरुमा स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ पालना गर्न आग्रह गरेको छ । संघले व्यवसायी तथा ग्राहकलाई सावधानी अपनाउन भन्दै बजार क्षेत्रमा माईङ्कीङ समेत गरेको छ । चाडपर्व नजिकिए सँगै किनमेल गर्ने ग्रहको भिड हुने र कोरोनाको संक्रमण जोखिम कायम रहनेहुँदा सावधानी अपनाउन अपिल गरेको संघका महासचिव नरेश कँडेलले जानकारी दिनुभयो ।

बागलुङमा हालसम्म करिब ८ हजार ७ सय २२ जनाको कोरोना परीक्षण गर्दा ५ सय २५ जनालाई संक्रमण पुष्टि भएकोमा ३ सय ६७ जना निको भएर घर फर्किएका छन् । हाल १ सय ५७ आइसोलेशनमा र  ८५ जना क्वारेन्टाईनमा रहेकाछन् । जिल्लामा हालसम्म १ जनाको मात्र मृत्यु भएको छ । हिमालय टाइम्स

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com