भारतको तमिलनाडुका एक दलित एमएलएले १९ वर्षीय ब्राम्हण युवतीसँग विवाह गरेपछि युवतीका बुवाले आत्महत्या प्रयास गरेका छन्।
३६ वर्षीय दलित सांसद प्रभुले सोमबार हिन्दु युवती सौन्दर्यसँग विवाह गरेपछि युवतीका बुवाले पेट्रोल छर्किएर आत्महत्या प्रयास गरेका हुन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार तमिलनाडु मन्दिरका ती पुजारीले पेट्रोल छर्किएर आफैँलाई आगो लगाउने प्रयास गरेपछि पुलिसले उनलाई नियन्त्रणमा लिएको हो।
हिन्दु युवतीले दलित सांसदसँग विवाह गरेपछि उनको विवाहमा बुवा सहभागी भएनन्।
यसबारे एक वरिष्ठ प्रहरी अधिकारीले भने: ‘यो तथ्य हो कि विधायक र केटी दुबै सम्बन्धमा थिए। केटीका आमाबुवाले विधायकले उनीसँग चार बर्षदेखि प्रेममा रहेको आरोप लगाएका छन् जबकि विधायकले उनीहरुको चिनचान चार महिना पुरानो भनी दाबी गरेका छन्।’ -deshsanchar.com