Home पत्रपत्रिका धमाधम परीक्षा लिँदै निजी विद्यालय, अनलाइनको पहुँचमा छैनन् आधाभन्दा बढी विद्यार्थी

धमाधम परीक्षा लिँदै निजी विद्यालय, अनलाइनको पहुँचमा छैनन् आधाभन्दा बढी विद्यार्थी

by ईलालटिन
0 comment

काठमाडौँ उपत्यकाका निजी विद्यालयहरुले दसैँअघि नै परीक्षा लिने तयारी थालेका छन्। शिक्षा विकास तथा समन्वय इकाई काठमाडाैँका प्रमुख नन्दलाल पौडेलका अनुसार अभिभावकबाट शुल्क उठाउनका लागि पनि निजी विद्यालयले परीक्षालाई माध्यमका रूपमा अघि सारेका हुन्।

अनलाइन कक्षा सुरु गरेका विद्यालयहरूमा पनि धेरै विद्यार्थी अनलाइनको पहुँच बाहिर नै छन्। तर विद्यालयले भने अनलाइन कक्षा संचालन गरेकै दलील प्रस्तुत गर्दै परीक्षा समेत संचालन गरेका हुन्। निजी मात्र होइन, अनलाइन कक्षा संचालन गरेको देखाउने तर विद्यार्थीको सहभागिताको कुनै प्रवाह नगरी परीक्षा लिने विद्यालय सामुदायिक समेत छन्।

सरकारले ल्याएको ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना,२०७७’ मा कार्तिक अन्तिमदेखि मूल्यांकन गर्न सकिने उल्लेख छ। मूल्यांकनका लागि अनलाइनमार्फत् परीक्षा लिएपनि विषयगत प्रोजेक्ट वर्क पनि दिन सकिने उल्लेख छ।

शिक्षा विकास तथा समन्वय इकाई काठमाडाैँका प्रमुख नन्दलाल पौडेल तत्काल विद्यार्थीको मूल्यांकन सम्भव नभएको बताउँछन्। ‘सामुदायिक होस् कि निजी होस्, आधाभन्दा बढी विद्यार्थी वैकल्पिक शिक्षण विधिको पहुँच बाहिर छन्,’ पौडेलले भने, ‘अहिले परीक्षा लिनु भनेको शैक्षिक विकृति भित्र्याउनु हो। धनि र गरिबबीचको खाडल झन् गहिरो बनाउनु हो। सबै विद्यार्थी सहभागी हुन नसक्ने परीक्षा गर्नु ठीक होइन।’

पौडेल निजी स्कुलले परीक्षा लिएर पैसा उठाउने मेसो गरेको उनको भनाइ छ। शतप्रतिशत विद्यार्थी वैकल्पिक शिक्षण सिकाइमा सहभागी हुन नसकेको उनको भनाइ छ।

धमाधम परीक्षा लिँदै निजी विद्यालय
एनप्याब्सनका अध्यक्ष  ऋतुराज सापकोटाका अनुसार अधिकांश निजी विद्यालयले बैसाखदेखि नै अनलाइन कक्षा संचालन गरेकाले केही विद्यालयले दसैँअघि परीक्षा लिने तयारी गरेका छन् भने केही विद्यालयले परीक्षा लिइसकेका समेत छन्।

‘शैक्षिक सत्रको सुरुवातदेखि नै अनलाइन पढाएका केही विद्यालयहरुले परीक्षा लिन थालेका छन्,’ सापकोटाले भने, ‘केही महिना पढाएपछि विद्यार्थीको मूल्यांकन गर्नु स्वभाविक पनि हो। केही भने परीक्षा लिने तयारीमा छन्।’ -nepallive.com

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com