Home पत्रपत्रिका डा. केसीसँग वार्ताको पहल भइरहेको छ : प्रधानमन्त्री

डा. केसीसँग वार्ताको पहल भइरहेको छ : प्रधानमन्त्री

by ईलालटिन
0 comment

 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारले डा. गोविन्द केसीसँग वार्ताको पहल गरिरहेको बताएका छन् । मंगलबार सचिवालय सदस्यहरुको प्रश्नको जवाफमा उनले  भने, ‘शिक्षा सचिवलाई कुरा गर्न पठाएको छु, उहाँले पनि धेरै जिद्दी गर्नुभएन ।’

सचिवालय बैठकको केही घण्टाअघि मात्रै प्रधानमन्त्री ओलीले शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीलाई डा. केसीसँग भेट्न शिक्षण अस्पतालमा पठाएका थिए ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले डा. केसीको जीवन रक्षालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । मंगलबारको बैठकमा नेताहरुले सहजकर्तामार्फत समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाब दिएका थिए ।

भदौ २९ मा जुम्लाबाट १९औँ अनशन थालेका डा.केसी अहिले त्रिभुवन शिक्षण अस्पतालमा अनशनरत छन् । विभिन्न ६ बुँदे माग राख्दै डा.केसी अनशन बसेको मंगलबार २२ दिन भएके छ ।

उनले यसपटक विकट क्षेत्रमा चिकित्सा शिक्षा पुर्याउनुपर्ने, कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षा गर्नुपर्नेलगायत माग राखेका छन् ।

उनको समर्थनमा विभिन्न क्षेत्रबाट दैनिक प्रदर्शन भइरहेको छ ।

फरक धार

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com