पर्वत । ट्राफिक प्रहरीले गण्डकी प्रदेशमा नमस्ते अभियान सञ्चालन गरेको छ । सोही अनुरुप पर्वत जिल्लामा पनि नमस्ते अभियानले निरन्तरता पाउँदैछ ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा प्रदेशका ११ वटै जिल्लामा नमस्ते अभियान सञ्चालन गरेको हो ।
ट्राफिक प्रहरी र सर्वसाधारण नागरिक तथा चालकबीचको सम्बन्धलाई सौहार्दपूर्ण बनाउन नमस्ते अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक कृष्ण बहादुर खड्काले बताए ।
ट्राफिकले जतिसुकै दुःख गरेर काम गरेपनि व्यवहार भने नराम्रो भयो भन्ने धेरै गुनासोलाई चिर्नका लागि नमस्ने अभियान सफल हुनेमा ट्राफिक प्रहरीहरु ढुक्क छन् ।
यो अभियानपछि ट्राफिक प्रहरीले दुब्र्यवहार ग¥यो भन्ने सधै लाग्ने गरेको लाञ्छना हट्नेमा ट्राफिक प्रहरी प्रमुख खड्का आशावादी देखिन्छन् ।
नमस्ते अभियान गण्डकी प्रदेशका पर्वत सहित, तनहुँ, लमजुङ, स्याङ्जा, कास्की, बागलुङ, म्याग्दी, गोरखा, नवलपुर, मनाङ र मुस्ताङमा यस अभियान सञ्चालन भैरहेको छ ।
(भिडियो)