Home पत्रपत्रिका कलंकीपछि चण्डोलमा पनि भेटियो नयाँ मितिको लेबल टाँस्ने धन्दा, ठूलै घराना संलग्न

कलंकीपछि चण्डोलमा पनि भेटियो नयाँ मितिको लेबल टाँस्ने धन्दा, ठूलै घराना संलग्न

by ईलालटिन
0 comment

कलंकीमा पाँच तले घर नै भाडामा लिएर म्याद गुज्रेका सामानमा नयाँ लेबल लगाउने गरेको भेटिएकोमा चण्डोलमा पनि यस्तै धन्दा हुने गरेको पाइएको छ।
केही दिनअघि कलंकीमा विशेष सूचनाको आधारमा भेटिएको सो घर र नयाँ लेबल गरेर सामान राख्ने गोदामसमेत सिल गरिएको थियो।

प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीमा यस्ताे धन्दा फेला पारेकाे केही दिनमै यस्तै प्रकृतिको अर्को गाेदाम काठमाडाैंकै चण्डाेलमा भेटिएकाे हाे।

प्रहरी परिसर काठमाडौंले विशेष सूचनाको आधारमा चण्डोलमा छापा मार्दा नयाँ लेबलिङ गर्न ठिक्क पारिएको सामग्री भण्डारण गर्ने गोदाम फेला पारेको थियो। प्रहरीले सो स्थानबाट ठुलो परिमाणमा चकलेट, बिस्कुट, तेल, टुना फिस, डाइपर, टिस्यु पेपर र पास्ता जस्ता वस्तुहरु बरामद गरेको छ।

परिसरका प्रवक्ता सोमेन्द्र सिंह राठौरले कलंकीमा फेला परेको जस्तै समानहरु चण्डोलमा फेला परेको नेपालखबरलाई बताए। उनका अनुसार त्यहाँ देखिएका केही ब्राण्ड कलंकीमा फेला परेकोसँग मिल्दो छन्।

‘म्याद गुज्रिएको र नयाँ म्याद राख्न ठिक्क पारिएको केही समानहरु यो भन्दा अघि भेटिएकै प्रकृतिको रहेको छ’ उनले भने, ‘बिक्रेता, व्यवसायीहरु फरक होलान् तर ब्राण्ड भने मिलेको छ।’

फेला परेका वस्तुकाे प्रकृतिका आधारमा बिक्रेता कम्पनीहरुका सञ्चालक फरक-फरक भएपनि उनीहरुले बिक्रेताको जिम्मेवारी लिएको मूल कम्पनी भने एउटै हुनसक्ने प्रहरीले आंशका गरेको छ।  त्यससम्बन्धी अनुसन्धान भैरहेको राठौरले बताए।

कलंकीमा युनिलिभरको आधिकारीक बिक्रेता रहेको आयन इन्टरनेशनल र विशाल ग्रुप अन्तगर्तको युनाइटेड डिष्ट्रिब्यूटर संलग्न देखिएको थियो। आज फेला परेको चकलेट, बिस्कुट, तेल, टुना फिस, डाइपर, टिस्यु पेपर र पास्ता जस्ता वस्तुको गोदाम भने जोजियाक मार्केटिङ एण्ड डिस्ट्रिब्युसन नामक कम्पनीको हो। यो बिक्रेता कम्पनी पनि युनिलिभर र विशाल ग्रुप दुवैसँग जोडिएको देखिएको छ।

प्रहरीले सो गोदाबाट तीन करोडभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। प्रहरीले गोदामका मालिक जितेन्द्रकुमार लोहिया, अकाउन्टेन्ट मुकेशकुमार रौनियार र स्टोर किपर अनिल मगरलाई पक्राउ गरेको छ।

नेपालखबर

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com