Home पत्रपत्रिका नेकपा सचिवालय बैठक स्थगित, प्रचण्ड असन्तुष्ट

नेकपा सचिवालय बैठक स्थगित, प्रचण्ड असन्तुष्ट

by ईलालटिन
0 comment

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आजको लागि बोलाइएको सचिवालय बैठक स्थगित गरेको छ। आज अपराह्न ४ बजेका लागि तय भएको सचिवालय बैठक स्थगित भएको हो।

शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको थियो। हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनासहित ६५ जना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि बैठक सारिएको बताइएको छ। पार्टीमा सल्लाह नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजनीतिक नियुक्ति गरिएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका सचिवालय सदस्यहरु असन्तुष्ट बनेका छन्।

बिहीवारको मन्त्रिपरिषद् बैठकले मुख्य सचिव तथा राजदूत नियुक्ति गरेको थियो। यसले नेकपामा फेरि विवाद  बढाएको छ। त्यसपछि नेकपामा सचिवालय बैठक माग भएको थियो। बैठकमा मन्त्रिपरिषद् पुनर्गठन,पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफलकाे तयारी थियाे।-pahilopost.com

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com