Home विशेष जहाँ जनताले रक्सी पिए ५ हजार, जनप्रतिनिधिले खाए १० हजार जरिवाना

जहाँ जनताले रक्सी पिए ५ हजार, जनप्रतिनिधिले खाए १० हजार जरिवाना

by ईलालटिन
0 comment

फाइल तस्बिर : घरेलु मदिरा फ्याँक्दै प्रहरी

काभ्रे ।  काभ्रेको चौँरी देउराली गाउँपालिकाका जनप्रतिनिधिले मादक पदार्थ पिएमा दोब्बर कारबाही गरिने भएको छ।

दुई दिनअघि कार्यान्वयमा ल्याइएको ‘मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि–२०७७’ प्रचारप्रसार गर्ने क्रममा जनप्रतिनिधिले रक्सी खाएको पाइए दोब्बर कारबाही हुने चेतावनी पनि दिइएकाे हाे।

कार्यविधिमा गाउँपालिकाभित्र व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने उल्लेख छ। यस विषयमा गाउँपालिकाका विभिन्न स्थानमा लगातार एक हप्ता चेतनामूलक कार्यक्रम गरिने अध्यक्ष दिननाथ गौतमले बताए।

‘कार्यविधिको प्रचारप्रसारसँगै जनप्रतिनिधिले मदिरा खाएको भेटिए दोब्बर कारबाही हुने सन्देश दिइरहेका छौँ,’ उनले भने। उनका अनुसार कार्यविधिमा जनप्रतिनिधिलाई दोब्बर कारबाहीबारे उल्लेख नगएि पनि मदिरा पिएको भेटिए कार्यविधिमा तोकिएको जरिवाना/सजाय दोब्बर गरिनेछ।

कार्यविधि प्रचारप्रसार अभियान शनिबारदेखि सञ्चालन गरिएको हो। गौतमले भने, ‘आउँदो शुक्रबारसम्म कार्यविधिको प्रचारमा हुन्छौँ, सबै कार्यक्रममा जनप्रतिनिधि सामेल गराइएको छ।’

आव २०७७/७८ को नीति तथा कार्यक्रममा व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने गाउँसभाले पारित गरेको थियो। कार्यविधिमा गाउँपालिकाभित्र मदिरा बिक्री–वितरण गर्ने र ढुवानीसमेत गर्नेलाई चरणबद्ध कारबाही गरिने उल्लेख छ।गौतमका अनुसार मदिरा बेचबिखन तथा ओसारपसार गरेको सूचना प्राप्त भई सम्बन्धित अधिकारवाला निकायले छापामारी चेक गर्दा प्राप्त मदिरा सबै बरामद गरी नष्ट गर्ने र त्यसको मूल्य बराबरमा दोब्बर जरिवाना गरिनेछ।

पहिलोपटक ५ हजार, दोस्रोपटक १० हजार र तेस्रोपटक  २० हजार जरिवाना गरिने जनाइएको छ। सोभन्दा बढी पटक गरेको पाइएमा तेस्रोपटक गरिएको जरिवानाभन्दा दोब्बर गरिने कार्यविधिमा उल्लेख छ।

‘उल्लिखित कारबाहीपश्चात् पनि अटेर गरेमा सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन सिफारिस गरिनेछ,’ गौतमले भने।

उनका अनुसार मदिरा खाएर हो–हल्ला गर्ने, खान दिने र खानेलाई समेत कारबाहीको दायरामा ल्याइनेछ। विभिन्न जाति, आदिवासी जनजातिको रीतिरिवाज, संस्कार र संस्कृतिलाई कार्यविधिले कुनै असर नगर्ने गाउँपालिकाले जनाएको छ। रासस

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com