Home समाचार वाह ! अब अनलाईनमार्फत घरमै खसी

वाह ! अब अनलाईनमार्फत घरमै खसी

by ईलालटिन
0 comment

काठमाडौं । श्रीराम ग्रुप अफ कम्पनीले दशैंका लागि ग्राहकको घरमै खसी पुर्याउने योजना ल्याएको छ । अनलाइन खसी डटकमबाट ग्राहकले खसी छनोट गरेपछि त्यसलाई घरमै पुर्याउने व्यवस्था कम्पनीले गर्नेछ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा मात्र यो सेवा उपलब्ध हुने कम्पनीका बजार व्यवस्थापक ईश्वर ढकालले जानकारी दिए ।

सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, उदयपुरमा स्थानीय कृषकले पालेको लोकल खसी अनलाइन खसी डट कम मार्फत खरिद गर्न सकिने उनले बताए । खसी खरिदका लागि सुरुमा ग्राहकले २५ सय रुपैँया भुक्तानी गर्नुपर्ने र घरमा खसी आएपछि बाँकी रकम तिर्न सक्ने ढकालले बताए । कृषक र ग्राहकलाई जोड्ने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले बताएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com