Home कृषि देउपुरमा सुन्तलाको बोट सुक्दै गएपछि किसान चिन्तित

देउपुरमा सुन्तलाको बोट सुक्दै गएपछि किसान चिन्तित

by ईलालटिन
0 comment
पर्वतको मोदी गाउँपालिका देउपुरमा हरेक वर्ष २ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन हुँदै आएको थियो । तर, यति बेला सुन्तला नपाक्दै बोटबाट झर्ने, किरा लाग्ने र बोट सुक्दै जान थालेपछि व्यावसायिक रूपमै सुन्तला खेती गर्दै आएका किसानहरू चिन्तित बनेका छन् । उनीहरू केही वर्ष देखि अन्नपातको खेती छाडेर सुन्तला खेतीमा रमाउँदै आएका थिए ।
विगत वर्षमा बोटमा सुन्तला पहेँलो भई नसक्दै जिल्ला बाहिरका व्यापारीहरू देउपुरका किसानहरूको घरघर पुगिसक्थे । सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको देउपुरमा यति बेला भने सुन्तला किन्ने व्यापारीहरूको समूह पहिले जस्तो भेटिँदैनन् । कोदो, मकै फलाउने ठाउँमा सुन्तलाको बगानै बनाएर खेती गर्दै आएका उनीहरू निराश बनेका छन् । कृषि विज्ञहरुहलाई समस्याका बारेमा जानकारी गराए पनि अहिले सम्म समाधानका उपायहरू पत्ता लगाउन नसकेको उनीहरूको भनाई छ ।
पर्वतमा देउपुर र बाँसखर्कलाई सुन्तलाको राजधानी भनेर पनि चिनिन्छ । यहाँका प्रत्येक किसानले २ देखि ५ लाख सम्मको सुन्तला विक्री गर्दै आएका छन् । तर, पछिल्ला वर्षहरूमा सुन्तलाको बोटहरू बिस्तारै सुक्दै जाने क्रम बढेर गएपछि सुन्तला विक्रीबाट लाखौँको आम्दानी गर्दै आएका किसान सुन्तला खेतीको विकल्पका बारेमा सोच्नु पर्ने अवस्थामा पुगेका छन् ।
देउपुरका प्रत्येक घरमा सुन्तलाको बोट देख्न सकिन्छ । यहाँको मुख्य आम्दानी भनेकै सुन्तला खेती हो । विगतमा सहकारी मार्फत सुन्तला विक्री गरिँदै आएको भए पनि अहिले भने कृषक आफैले विक्री गर्दै आएका छन् । पोखरा, नारायणघाट, काठमाडौँ लगायतका ठाउँबाट व्यपारीहरु गाउँमै पुगेर सुन्तला खरिद गर्ने हुँदा किसानहरूलाई सहजता हुने गरेको छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com