Home विश्व/प्रवास यसै वर्षभित्र भ्याक्सिन आउने अमेरिकाको विश्वास

यसै वर्षभित्र भ्याक्सिन आउने अमेरिकाको विश्वास

by ईलालटिन
0 comment

 एजेन्सी। ह्वाइट हाउसका प्रेस सचिव केली म्याकनेनीले केही दिनअघि संवाददाताहरूमाझ भने- २०२० को अन्त्य हुनुअघि नै अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने आशा छ। यदि ह्वाइट हाउसको आशा सत्यमा परिणत हुन सक्यो भने त्यो संसारका निम्ति ठूलो राहत हुने छ।

म्याकनेनीका अनुसार अनुसन्धाता तथा वैज्ञानिकहरू दिनरात यसै सालको अन्त्यसम्ममा भ्याक्सिन तयार गर्न लागिपरेका छन्। त्यसकारण पनि उक्त लक्ष्य पूरा हुने उनको भनाइ छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयम् नै भ्याक्सिनबारे चिन्तित छन्। राष्ट्रपति ट्रम्प पहिलो खोप अमेरिकामा बन्नुपर्ने धारणासहित त्यसका लागि हरेक प्रयत्न गर्न अनुरोध गरिरहेका छन्। उनी एक उद्योगपति समेत भएका कारण भ्याक्सिनको व्यापारबारे पनि सोचिरहेका छन्।

अमेरिका भ्याक्सिन उत्पादन व्यावसायिक रुपमा हुनुपर्ने मान्यता राख्छ। उसले भ्याक्सिन वितरणमा पनि चासो राख्दै आएको छ।

राष्ट्रपति ट्रम्पको चाहनामुताबिक भ्याक्सिन यही वर्ष बन्न सक्यो भने त्यो सबैभन्दा कम समयमा बनेको मान्न सकिने ह्वाइट हाउसको धारणाा छ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com