Home विशेष सिद्धार्थ राजमार्गको झुम्सादेखि सिद्धबाबासम्म दर्जनौं स्थानमा पहिरो

सिद्धार्थ राजमार्गको झुम्सादेखि सिद्धबाबासम्म दर्जनौं स्थानमा पहिरो

by ईलालटिन
0 comment

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिकाका दर्जन बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–३ कदमबास, सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका स्थानमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम भुसालले बताए ।

रातभरको अविरल वर्षासँगै पहिरो खसेको उनले बताए । तीन दिन अघिदेखिको अविरल वर्षाले पहिरो खसेको हो । सडक डिभिजनसँगको समन्वयमा दुईतर्फबाट डोजर लगाउन सुरु गरिएको छ । पहिरो ठूलो भएको र ठाउँठाउँमा पहिरो खसेकाले सडक खुलाउन समय लाग्ने उनले बताए । बेलुकी ४–५ बजेसम्म पहिरो पन्छाउन सकिने प्रहरीले बताएको छ ।

रातभर वर्षा भएपछि स्थानीय बासिन्दासमेत जाग्राम भएको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए । उनका अनुसार राजमार्ग छेउका अधिकांश घरका बासिन्दा वर्षा ठूलो भएकाले निदाउन सकेका छैनन् । पहिरो खसेपछि पहाडी क्षेत्रमा आउने सवारी साधन बुटवलतर्फ नै रोकिएको छ भने पहाडबाट तराई भरेका सवारी साधनलाई केराबारी, चर्चरे, जोरधारामा रोकिएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com