Home बुलेट न्युज देउराली जनताद्वारा कोरोनाको उपचारमा प्रयोग हुने औषधिको उत्पादन सुरु

देउराली जनताद्वारा कोरोनाको उपचारमा प्रयोग हुने औषधिको उत्पादन सुरु

by ईलालटिन
0 comment

काठमाडौं । नेपालको निजी औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गरिने ‘फ्याभिपिराभिर’ औषधि उत्पादन सुरु गरेको छ ।

देउराली जनताले औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति लिई नेपालमा नै पहिलो पटक फाभिर २०० नाममा ट्याब्लेटका रूपमा उक्त औषधि उत्पादन गरेको जानकारी गराएको छ  ।

फ्याभिपिराभिर ओरल ट्याब्लेट्स एन्टिभाइरल औषधिलाई विश्वका धेरै मुलुकले कोभिड-१९ का बिरामीमा परीक्षणपश्चात् आपत्कालीन अवस्थामा प्रयोग गरिरहेका छन् ।

हालसम्म फ्याभिपिराभिर औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायत धेरै देशमा सरकारले कोभिड-१९ को उपचारका लागि अत्यावश्यक प्रयोग गर्न अनुमति प्रदान गरिसकेका छन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com