Home पत्रपत्रिका सर्वोच्चले भन्यो– ‘गौतमलाई सांसद मनोनित गर्ने निर्णय ‘यथास्थिति’मा राख्नु

सर्वोच्चले भन्यो– ‘गौतमलाई सांसद मनोनित गर्ने निर्णय ‘यथास्थिति’मा राख्नु

by ईलालटिन
0 comment

काठमाडौँ — सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदको मनोनयन गर्ने राष्ट्रपतिको निर्णयलाई ‘यथास्थिति’मा राख्न आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनु भनी आदेश समेत दिएको छ ।

गौतमको हकमा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भनी छलफलका लागि आगामी १४ गते दुवै पक्षलाई झिकाएको छ । निर्णय यथास्थितिमा राख्नु भनेको गौतमले राष्ट्रियसभाको सदस्यको रुपमा पदीय जिम्मेवारी बहन गर्न नपाउनु हो ।
यो आदेश आगामी १४ गतेसम्म कायम रहनेछ । त्यसपछि अन्तरिम आदेश जारी भएमा उनले सांसदको रुपमा काम गर्न पाउने छैनन् । अन्तरिम आदेश जारी नभए उनले सांसदको हैसियतमा काम गर्न पाउनेछन् । -ekantipur

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com