पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं ५ खानीगाउँमा अवस्थित भवानी विद्यापिठ माबिमा स्वस्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालन गरिएको छ ।
कोरोनाका कारण लामो समयदेखि कक्षा संचालन रोकिएकोमा सोमबारदेखी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तबरले भौतिक दुरि कायम गरि कक्षा संचालन गरिएको बिद्यालयका प्रधानध्यापक अर्जुन कुमार रेग्मीले जानकारी दिए ।
बिद्यालयले सेनेटाइजर र माक्सको प्रयोग गरि प्रबिधिमैत्री वातावरणमा पठनपाठनको व्यवस्था गरेको रेग्मीको भनाई छ।
यो महामारीको अबस्थामा सबै विद्यार्थीहरुलाई एकैठाउँमा राखेर पठनपाठन गराउन असहज भएकोले १ दिनमा ३ वटा कक्षालाई समेट्नेगरि बिद्यालयको कक्षाकोठा र मोती सामुदायिक सिकाइ केन्द्र राखेर कक्षा संचालन गरिएको हो ।
आगमी चैतमा वार्षिक परीक्षा सन्चालन गर्नै पर्ने गरि कर्यबिधी तयार परिएकोले पालै पालो सबै कक्षा नियमित रुपमा सन्चालन गर्न थालिएको बिद्यालयले जनाएको छ ।
पाठ्यक्रमले तोकेको निर्धारित सिकाइ उपलब्धि हासिल गर्नको लागि बिद्यालयमा ७० प्रतिशत र घरमा ३० प्रतिशत सिकाइलाई जोड दिइएको छ ।