Home कला गायक शेर्माको ‘ज्यानै हाजिर भो’

गायक शेर्माको ‘ज्यानै हाजिर भो’

by ईलालटिन
0 comment

काठमाडौं । ब्रविम शेर्माको स्वरमा रहेको गीत ‘ज्यानै हाजिर भो’ सार्वजनिक भएको छ। लिम्बु संस्कृतिलाई आधार बनाएर तयार पारिएको गीतमा संगीत तथा शब्द राजन मुकारुङको रहेको छ। किरण चाम्लिङको निर्देशन रहेको भिडियोमा गायक शेर्मा तथा इक्शा मादेनले मोडलिङ गरेका छन्।

उपन्यास र कविता लेखमा सक्रिय रहेका मुकारुङ पछिल्लो समय गीत लेखन तथा संगीत सिर्जनामा समेत सक्रिय छन्। ‘नेपाली गीत संगितमा नयाँ प्रयोग गर्ने प्रयास स्वरुप रैथाने शब्दहरु राखेर गीत सिर्जना गरिएको हो,’ मुकारुङले भने।

करिब डेढ दशकदेखि संगीतमा सक्रिय गायक शेर्मा विशेष गरेर लिम्बु भाषाको गीतका कारण दर्शक स्रोतामाझ परिचित छन्। लिम्बु भाषामा एक सयभन्दा धेरै गीत गाइसकेका शेर्माले नेपाली भाषामा समेत तीन दर्जन जति गीतमा स्वर दिइसकेका छन्।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com