Home विशेष बेनी जोमसोम सडकमा सधै पहिरो-बिरामीलाई अस्पताल लैजानै कठि

बेनी जोमसोम सडकमा सधै पहिरो-बिरामीलाई अस्पताल लैजानै कठि

by ईलालटिन
0 comment

यातायातका साधन चल्न नसक्ने भएपछि बिरामी स्टेटरमै पोखरातिर ल्याइँदै । तस्बिर ःईन्द्रसिंह शेरचन

जोमसोम । बाढी/पहिरो र नदी कटानले सडक अवरुद्ध मुस्ताङका बिरामीलाई अस्पताल पु¥याउन समस्या परेको छ । पछिल्लो समय भदौ ३० गते मंगलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३ रुप्से झरनामा आएको बाढीले डाइभर्सन सडक बाढीले बगाएपछि मुस्ताङसँग सिधा सम्पर्क टुटेको थियो । म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्रमा समेत बाढी ÷पहिरोले निर्माणधिन सडक संरचनामा क्षति पुगेपछि थासाङ—३ घोप्टेभीरदेखि म्याग्दीको रुप्सेसम्म सडक आउजाउ बन्द हुँदै आइरहेको छ ।

मंगलबार मुस्ताङको जोमसोम अस्पतालमा भर्ना गरिएका एकजना बिरामीलाई तत्कालै थप उपचारका लागि पोखरा पुर्‍याउनुपर्ने अवस्था आइपर्‍याे । मुस्ताङको घरपझोङ—२ मार्फाका स्थानीय जगतबहादुर विक ८ वर्षअघि खाडी मुलुकमा वैदेशिक रोजगारका लागि पुगे । त्यहाँ काम गर्ने क्रममा उनी दुर्घटनामा परे । उनको अप्रेसनसहितको उपचार त्यही भयो । उनी दुर्घटनामा परेपछि काम गर्न नसकी केही वर्ष अघि घर फर्किए । पोखरामा सामान्य व्यापार गरेर बस्दै आएका उनी लकडाउनसँगै पुख्र्यौली घर मुस्ताङको मार्फा आइपुगे । मुस्ताङ आएपछि उनको पुरानो बिरामी बल्झियो । उनलाई ढाडको गम्भीर समस्या भएको उनका आफन्त सुनदेवी रसाइलीले बताइन् । आर्थिक अवस्था कमजोर भएका विकलाई उपचार गर्न जोमसोम अस्पताल भर्ना गरिएपनि जोमसोम अस्पतालबाट उपचार हुनसक्ने नदेखिएपछि उनलाई पोखरातर्फ लगिएको हो ।

बेनी/जोमसोम सडकको म्याग्दी रुप्सेदेखि मुस्ताङको घोप्टेभीरसम्म करिब १० किलोमिटर सडक एकसातादेखि अवरुद्ध छ । अवरुद्ध सडकमा करिडोर सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचन र उनको आफन्तले निकै कष्ठपूर्ण तरिकाले बिरामीको उद्धार गरी अस्पतालसम्म पु¥याउन सहजीकरण गरे । सडकमा आईपर्ने अनेकन प्रकारका समस्यामा सहजीकरणको भूमिका निर्वाह गर्दै आइरहेका शेरचनले विकलाई स्टेचरमा बोकेर अवरुद्ध सडक क्रस गराउन महत्वपूर्ण दायित्व निभाएका छन् । उनले आफ्नो सडक निरीक्षणको मात्र दायित्व भएपनि यात्रु र सवारी साधनलाई आई पर्ने समस्यालाई सहयोग पु¥याउने काम गरेको बताए ।

बेनी÷जोमसोम सडक एकसातादेखि अवरुद्ध हुँदा मुस्ताङको स्याउ तथा आलु ढुवानीमा समस्या परेको रिजाल स्टोर्सका प्रोपाइटर विष्णु रिजालले जानकारी दिए । ‘एक साताबाट बजारीकणका लागि पोखरा लगिएको स्याउ र आलु अझै बाटोमै रोकिएको छ,’ उनले भने, ‘चाँडै बाटो खुल्ने सम्भावना देखिन्न । थप मुस्ताङबाट लैजाने तयारीमा रहेको स्याउ र आलु पनि मुस्ताङकै खेतबारी र बगैंचामा थन्किएको छ ।’ पोखराबाट आयात गरिने खाद्यान्न, निर्माण सामग्री र पेट्रोलिय ढुवानीमा समस्या परेको मुस्ताङका स्थानीय व्यवसायी बताउँछन् ।समाधान दैनिकबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com