Home अर्थ/वाणिज्य शेयर लगानीकर्ताको आन्दोलनः सोमबार उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयमा प्रर्दशन गर्दै

शेयर लगानीकर्ताको आन्दोलनः सोमबार उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयमा प्रर्दशन गर्दै

by ईलालटिन
0 comment

काठमाडौं । पछिल्लो ७ दिनदेखि आन्दोलनरत लगानीकर्ताले सोमबार उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयमा प्रर्दशन गर्ने भएका छन्। लगानीकर्ताले सोमबार बिहान १० बजेदेखि ३ बजेसम्म उपत्यका बाहिरका सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमा प्रर्दशन गर्न लागेका हुन्।

यस अघि लगानीकर्ताहरुले गत शुक्रबार ५ हजार लगानीकर्ताको उपस्थितिमा काठमाडौँको माइतीघरमा प्रदर्शनी गरेका थिए। जेठ २४ गते नेप्से अगाडि प्रदर्शन गर्न गएका लगानीकर्ताहरुलाई प्रहरीले उक्त क्षेत्रमा प्रदर्शन गर्न नदिएपछि लगानीकर्ताहरुले माइतिघरमा प्रदर्शनी गरेका थिए। संघर्ष समितिको नेतृत्वमा माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शनी गरेका थिए। लगानीकर्ताले जेठ २३ गते धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाउँदै आन्दोलनको सुरुवात गरेका थिए। मेरोलगानी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com