Home समाचार काठमाडौं महानगरले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने

काठमाडौं महानगरले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौं महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ । सार्वजनिक शौचालय नहुँदा सर्वसाधरणले सास्ती खेप्नु परेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको हो ।

-‘छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ । १० वटा नयाँ ट्वाइलेट सञ्चालनमा ल्याइने छ,’ आइतबार बसेको काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख बालेन्द्र शाहले भने । काठमाडौं महानगर भित्रका केही संस्थाहरुले आफ्नो शौचालयहरु स्वस्फुर्त रुपमा सर्वसाधरणलाई प्रयोग गर्न दिने निर्णय गरेको उनले बताए ।

-यस्ता संस्थाहरुले कार्यालय समयमा आफ्नो शौचालय सर्वसाधरणलाई पनि प्रयोग गर्न दिने उनले जनाए । शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिईने समेत उनले बैठकमा स्पष्ट पारे । आफ्नो शौचालय सर्वसाधरणलाई प्रयोग गर्न दिने संस्थाहरुलाई हरेक चार-चार महिनामा महानगरले सरसफाई सामाग्री उपलब्ध गराउने उनले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com